शनिबार, बैशाख २९, २०८१

मन्त्रिपरिषद बैठक बस्दै: राष्ट्रियसभा सदस्यमा वामदेवको सिफारिश संगै थप विषयगत प्रस्तावमा निर्णय हुँदै

काठमाडौ भाद्र १९,

आज मन्त्रिपरिषद बैठक बस्दै छ । आजको बैठकले मुलत राष्ट्रपति मार्फत् मनोनित हुने राष्ट्रिय सभा सदस्यमा नेकपा नेता वामदेव गौतमलाई सिफारिश संगै थप केहि महत्वपूर्ण षियगत प्रस्तावमा निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

बिहीबार बसेको सत्तारुढ नेकपको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेअनुरुप मन्त्रिपरिषदले राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि गौतम राष्ट्रिय सभा सदस्यमा वहाल हुनेछ ।

प्रधानमन्त्रीको इच्छा खतिवडालाई नै सांसद बनाउने र अर्थमन्त्रीमा निरन्तरता दिने चाहना भए पनि पार्टीले गौतमलाई सांसद बनाउन सिफारिश गरेको हो ।तर प्रधानमन्त्री ओलीको चाहना विपरित पार्टीले गौतमलाई नै राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि बिना सांसद ६ महिना अर्थमन्त्रीको कार्यकाल लम्ब्याउनु भएका खतिवडा शनिबारदेखि हुने बहिर्गमनसंगै खतिवडालाई कुनन कुनै जिम्मेवारी दिदै अगाडि बढ्ने योजना प्रम ओलीले बनाएको बुझिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।