मङ्लबार, चैत्र ६, २०८०

राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान

काठमाडौ असोज ६ , राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थापछि पत्रकारिता क्षेत्रमा संख्यात्मकसँगै गुणात्मक विकास आवश्यक पर्ने बताउँदै आसन्न web_MGL5951प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गणतन्त्रलाई सुदृढ र राष्ट्रियतालाई एकताबद्ध बनाउने सकारात्मक भूमिका खेल्न पनि सञ्चार क्षेत्रलाई आह्वान गर्नु भएको छ । प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित पुरस्कार वितरण समारोहलाइ सम्बोधन गर्दै उहाँले यस्तो आव्हान गनुृ भएको हो ।  साथै उहाँले सम्बोधनको क्रममा छिटो समाचार दिने नाममा वास्तविकता भुलेर सामग्री प्रस्तुत भएमा पत्रकारिताको विश्वसनीयता गुम्ने बताउँदै सत्य, तथ्य र यर्थाथपरक हुनुपर्नेमा जोड दिनु भएको थियो ।

साथै उहाँले त्यस अवसरमा जनही रु एक लाख पाँच हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा रु २५ हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ)लाइ ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकार��ता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ)लाई त्यस्तै प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), कोपिला कँडेल (बाग्लुङ) र अञ्जली थापा (मकवानपुर)लाई प्रदान गर्नु भएको थियो ।

त्यसैगरि ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल (पर्वत), रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर) र नमनकुमार शाही (दैलेख)लाई र काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरुङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रुचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ)लाइ प्रदान गर्नु भएको थियो ।  कार्यक्रममा रु १० हजार राशीको प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार समेत प्दान गरिएको थियो । कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताका विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031