बिहिबार, बैशाख १३, २०८१

प्रेस स्वतन्त्रताका अभियन्ता प्रतिको विष वमन दुःखद : महासंघ

काठमाडौं फागुन २५ ,
वरिष्ठ पत्रकारद्वय बबिता बस्नेत र बन्दना राणाविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा लेखिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज जारी विज्ञप्तिमा पत्रकार बस्नेतले लेखेको लेख  [ पल शाहसम्बन्धी मुद्दामा सामाजिक संजालमा लेखेको स्टेटस् र बबिता बस्नेतको  ‘बलात्कारसम्बन्धी कानूनको समीक्षा गरौँ’ शीर्षकको लेख] मा व्यक्त गरेकोे अभिव्यक्तिलाई लिएर उहाँहरूलाई बहिस्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा देखिनु दुःखद भएको जनाएको छ ।

त्यस्तै महासंघले विज्ञप्तिमा ‘पत्रकार बस्नेत वरिष्ठ महिला पत्रकार तथा सम्पादक हुुनुहुन्छ । उहाँहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रता अभियन्ता हुनुहुन्छ । कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भएको जनाउ दिएको छ।

त्यस्तै कसैले सार्वजनिक रूपमा व्यक्त गरेको विचारको विरोध वा खण्डन गर्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकारभएको महासंघले प्रष्ट पारेको छ भन्दै   लोकतान्त्रिक सभ्य समाजमा यस्तो विरोध वा खण्डन बहस र अभिव्यक्तिको माध्यमबाट स्वस्थ ढंगबाट नै हुनुपर्छ भन्ने महासंघको मान्यता भएको विज्ञप्तिमा उल्लेख गर्दै तर पत्रकार बस्नेत र राणाले राख्नु भएको विचारका कारण उहाँहरूलाई हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु उहाँहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनुका साथै लोकतान्त्रिक मुल्य र मान्यता विपरित भएको जनाएको छ ।