आइतवार, बैशाख २३, २०८१

राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला

 काठमाडौ बैशाख १३,

 जिल्ला अदालत रौतहटले रौतहटको राजपुरमा बम बिस्फोट तथा हत्याकाण्ड प्रकरणमा कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

त्यस्तै अदालतले मोहम्मद अफताबसंगै उनका भाइ ममताभ आलम , शेष सेराज , बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ । उनीहरुले मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।

त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ।