मङ्लबार, बैशाख २५, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश

 गोविन्दकुमार चौधरी र आङटावा शेर्पासंग क्रमस १० लाख र ३० लाख धरौटी माग

काठमाडौं बेशाख १४,
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्ला र उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशलाइ सदर गर्दै यस्तो आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुले यसअघि जिल्ला र उच्च अदालतले जारी गरेको आदेश विरुद्ध सर्वोच्चमा गरेको पुनरावेदनको सुनुवाइको क्रमममा प्रस्तुत आदेश दिएको हो ।

अदालतको आदेशमा रायमाझीसँगै सागर राई, सानु भण्डारी, टेकनारायण पाण्डे, केशव दुलाल र सन्देश शर्मालाई थुनामै राखेर मुद्दा अघि बढाउन सर्वोच्चले भनिएको छ ।

साथै सोहि प्रकरणमा विक्रम भन्ने गोविन्दकुमार चौधरीबाट १० लाख रुपैयाँ नगद वा सो बराबरको जेथा जमानत वा बैंक जमानतको धरौटी र आङटावा शेर्पासंग ३० लाख धरौटी माग गर्न भनेको छभने अर्का आरोपी शमशेर मियाँलाई भने सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु