आइतवार, जेष्ठ ६, २०८१

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

 काठमाडौं बैशाख २४,

विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ [कस्ट अफ लिभिङ] कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ ।  ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको भाउ’को टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ । तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ ।

 काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् ।

लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

 भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्र ‘भाउ’मा मानिसको जीवनको मूल्यलाई दर्शाउन खोजेको उनी बताउँछन् । उनकै लेखन तथा निर्देशनमा तयार भएको लघुचलचित्र ‘पाउलो’ र ‘द स्कुल वाल’ विभिन्न देशहरूमा छनोटमा परिसकेको छ । ‘घुर्रा’ले उत्कृष्ट सर्टफिल्मको अवार्ड समेत जितिसकेको छ । उनकै लेखन तथा निर्देशनमा अर्को सर्टफिल्म ‘दृश्य’ को निमार्णको तयारी गरिरहेको उनी बताउँछन् ।