आइतवार, जेष्ठ ६, २०८१

अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना

  काठमाडौं बेशाख २४,

आइतवारबाट औपचारिक रुपमा फुटेको उपेन्द्र यादव नेतृत्वको सत्ता साझेदारदल जनता समाजवादी नेपालका सह अध्यक्ष, चार उपाध्यक्ष, एक महामन्त्रीले नेता अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी जसपालाइ अस्तित्वमा ल्याएको हो । नेता अशोक राईको नेतृत्वमा राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌ २९ जना केन्द्रीय सदस्यहरुले जसपा नामको नयाँ दल दर्ताको लागि आयोगमा आइतवार आवेदन दर्ता गरेको हो ।

त्यस्तै पार्टी फुटेसंगै नवगठित जसपामा राजेन्द्र प्रसाद श्रष्ठ संघीय परिषदको अध्यक्ष तोकिएकोछ भने अशोकराइलाइ केन्द्रीय समितिको अध्यक्षको जिम्मेवारी दिइएकोछ । साथै रेणु यादवलाइ सहअध्यक्षमा चयन गरिएको छ।

त्यस्तै पार्टीमा सुशिला श्रेष्ठ ,परशुराम बस्नेत ,रणध्वज लिम्वु चार नवलकिशोर साह सुडीलाई उपाध्यक्ष बनाइएको छ भने मोहम्मद इस्तियाक राई महासचिव र प्रदीप यादवलाई उपमहासचिवको जिम्मेवारी दिइएकोछ । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको पछिल्लो सत्ता गठबन्धनमा जसपाको तर्फबाट उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको विरोध गर्दै जसपा विभाजन भएको हो ।

संघीय संसदमा १२ र र सात प्रदेशमध्ये मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारसंगै बाँकी ६ वटा प्रदेशमा २० जना सदस्य रहेको जसपाको विभाजनपछि संघीय र प्रदेश सरकारमा निकै असहज प्रभाव पर्ने भएको छ।

जसपाका राईसंगै मौजुदा सरकारका क्याविनेट मन्त्री नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी छाडेर नयाँ पार्टी घोषणा गरेसंगै अव यादवको पक्षमा ५ जना संघीय सासंद मात्र रहेको छ भने पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि नयाँ दलमा आवद्ध भएका छन।

यसैवीच पार्टी फुटेसंगै जसपा संस्थापन पक्षको बैठक बसिरहेको छ । जारी बैठकमा आइतवार भएको जसपा विभाजनको एकमात्र एजेन्दा रहेको थाहा भएको छ। पार्टीको विभाजनसंगै स्वास्थ्य मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष उपेन्द्र अमेरिका भ्रमण सकेर आजै नेपाल आइपुग्ने बताइएकोछ।