आइतवार, जेष्ठ ६, २०८१

आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता

काठमाडौं बैशाख २४,
निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नयाँ दल दर्ता भएको आयोगले जनाएको छ ।

स्मरण होस राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपधारा २ मा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सक्ने र त्यसो गर्दा साविकको दलको नियन्त्रण नरहने व्यवस्था कायम रहेको छ।

आइतवार जसपा नेपालका तत्कालीन नेता अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

यसवीचमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका प्रवक्ता मनीषकुमार सुमनले आज जाी विज्ञप्तिमार्फत दल विभाजन भएको भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको जिम्मेवारीमा लाग्न आग्रह गरेका छन् ।