शनिबार, बैशाख २९, २०८१

इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त

काठमाडौं बेशाख १५,
शनिवार इलाम २ मा सम्पन्न भएको उपनिर्वाचन पछि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणना सुरु भएको १२ घण्टाभित्र इलाम-२ को अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बताउनुभएको छ ।

उहाँले राति ११ बजेसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने र १२ बजेदेखि गणना थाल्ने जानकारी दिनुभयो । उहाँका अनुसार आइतवार दिउँसो १ बजेभित्र अन्तिम मतपरिणाम सार्वनजिक हुने छ । यसअघि मतगणनाको लागि सर्वदलीय बैठक बस्ने जानकारी दिदै उहाँले आवश्यक पक्रियापछि मतगणना शुरु हुने बताउनुभयो ।

 १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा १ सय ४९ वटा मतदान केन्द्रमार्फत शान्तिपूर्ण रुपमा सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको जनाउदै आयोगले अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु