सोमवार, जेष्ठ ७, २०८१

आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै

 काठमाडौ वैशाख २८,
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अघिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै संसद् सचिवालयले शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बस्ने जनाएको छ ।

हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा [१] बमोजिम सदनको बजेट अधिवेशन आव्हान गर्नुभएको हो ।

 सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइने छ । यस्तै सभामुख र अध्यक्ष तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलको घोषणा, दलीय आधारमा सदनलाई सम्बोधनसंगै विभिन्न संसदीय समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूचीमा रहेको सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा यसअघि लगानी सहजीकरणका लागि सरकारले विभिन्न आठ कानुन संशोधनका लागि ल्याएको अध्यादेश अनुमोदनको लागि बैठकमा पेस गर्ने लगायत कार्यसुची रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930