सोमवार, जेष्ठ ७, २०८१

कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौ वैशाख २८,
जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत बढ्दो प्रभावका कारण आज देशभर आंशिक बदलीसंगै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको संभावना रहेको जनाएको छ।

 त्यस्तै विभागले मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासंगै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागका एक९दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै विभागले देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।