मङ्लबार, जेष्ठ ८, २०८१

यथास्थितिमा संसद बैठक चल्न सक्दैन : गगन थापा

 काठमाडौ वैशाख २८,

आज बाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कुनै पनि काम कारबाही अघि बढ्न नदिने जनाउ सहित बैठक अवरुद्ध गरेको हो ।

 पूर्व निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएको बैठकको सुभारम्भसंगवै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिनु भएको थियो ।

बैठकमा आफ्नो भनाइ राख्ने क्रममा काँग्रेस महामन्त्री समेत रहेका संसद सदस्य गगन थापाले सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको प्रमाणलाइ उपेक्षा गर्दै सरकारले सत्ता टिकाउने नियोजित नाटक मञ्चन गर्दै आएकोमा आक्रामक रुपमा छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभाको बैठक यथास्थितिमा चल्न नसक्ने जनाउ दिनुभयो । त्यस्तै उहाँले गृहमन्त्रीले सदन नचले पनि केही फरक पर्दैन भनेको नयाँ-नयाँ भएकाले थाह नभएको हुनसक्छ तर प्रधानमन्त्रीलाई थाह हुनुपर्ने भन्दै थापाले   ‘सदनमा जे गर्ने सोच राखिएको छ त्यसको परिणाम ठीक नहुने चेतावनी समेत दिनुभयो ।

त्यसपछि बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका छन् । कांग्रेस सांसदहरुको विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नु भयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930