आइतवार, बैशाख ३०, २०८१

आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै

 काठमाडौं बेशाख १६,

आजदेखि मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनको सोकेस मा ९ खर्बको परियोजना राखिएको छ भने सम्मेलनमा ५५ देशका दुई हजारभन्दा बढी सहभागी हुने बताइएकोछ ।

बोर्डले करिब २४ सय विदेशी लगानीकर्तालाई निम्तो पठाएकोमा अहिलेसम्म १६ सयभन्दा बढीको दर्तालाई प्रमाणित गरेर प्रवेशका लागि क्यूआर दिइसकेको छ । ढिलो रजिस्ट्रेसन गरेका २१ सयभन्दा बढीलाई भने प्रवेश अनुमति दिइएको छैन । तीमध्ये विदशी लगानीकर्ताको रजिस्ट्रेसन प्रमाणित गर्ने र स्वदेशी लागनीकर्ताको रजिस्ट्रेसन रद्द गर्ने बोर्डको तयारी छ । सम्मेलनमा ५५ देशका २ हजारभन्दा बढीको सहभागिता रहने बोर्डको अनुमान छ ।

सम्मेलनमा कुल १० सत्र सञ्चालन हुने छन् र ५० जनाभन्दा बढी वक्ता रहने छन् । पहिलो दिन २ वटा र दोस्रो दिन ८ वटा सत्र सञ्चालन गरिने छ । पहिलो दिनको पहिलो सत्रमा १५ जना वक्ताले बोल्ने कार्यक्रम रहेको छ ।

पहिलो सत्रमा नेपालमा लगानीको सम्भाव्यता र दोस्रो सत्रमा मुनाफा आर्जन गरेका कम्पनीको अनुभव आदानप्रदान हुने बोर्डले जनाएको छ ।

बोर्डले लगानीका लागि १ सय ४८ परियोजनाको सूची तयार पारेको छ, जसमा बोर्डका २०, निजी क्षेत्रका ३२, स्थानीय तहका ४ र अन्य निकायका ९६ परियोजना समावेश छन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीयोग्य परियोजनाबारे जानकारी गराउँदै आकर्षित गर्न लगानी सम्मेलनको आयोजना गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु