शनिबार, बैशाख २९, २०८१

उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग

काठमाडौं बेशाख १६,
शनिवार इलाम २ मा सम्पन्न भएको उपनिर्वाचनको मत गणना आज विहान ११ बजेबाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । आजै बिहान बसेको सर्वदलीय बैठकले मतगणना ११ बजेबाट गर्ने सहमतिको प्रयास भइरहेको जनाएको छ ।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा १ सय ४९ वटा मतदान केन्द्रमार्फत शान्तिपूर्ण रुपमा सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको जनाउदै आयोगले अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको जनाएको छ ।

त्यस्तै बझाङमा भने मत पेटिका संकलन कार्य जारी रहेको र मतपेटिका संकलसंगै मत गणना सुरु गरिने आयोगको कार्यलयले जनाएको छ ।