आइतवार, बैशाख ३०, २०८१

महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं  

 काठमाडौं बेशाख १६,

काठमाडौं महानगरले नेपाल भरीका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकहरुलाई उपचार गराउने भएको छ । महानगर प्रमुख वालेन साहले आइतबार आफ्नो सामाजिक सञ्जालमा मार्फत आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिस लिएर आए महानगरले नि शुल्क उपचार गराउने जानकारी गराउनु भएको हो ।

महानगरपालिसंगको समन्वयनमा रहेको ५२ अस्पतालका ३७४ बेड रहेको र ती अस्पतालमा गरिब र असाहय बिरामीको आवश्यकता अनुसार निस्शुल्क उपचार अुजे जानकारी दिदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

प्रमुख साहले ुनेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,ु ुहामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निस्शुल्क उपचार हुनेछ ।ु भन्दै उपचारको लागि आग्रह गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु