सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त, सपथसंगै मन्त्रीपरिषद् समेत गठन

प्रदेश प्रमुखको कदम विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीद्वारा सर्वोच्चमा रिट दायर

 काठमाडौं बैशाख २७,
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्कीले आज विहान मुख्यमन्त्रीका लागि दाबी पेस गरेको छ ।

संविधानको धारा १६८ [५] बमोजिम गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता केदार कार्कीले आफु नेतृत्वको सरकार सरकार गठनको अन्तिम विकल्प अनुसार अर्थात १६८  [५] बमोजिम गठन भएका कारण आफुलाइ समर्थन दिएका ५२ सांसदले समर्थन फिर्ता लिदै गर्दा समेत विस्वासको मत लिनतर्फ कुनै प्रस्तावको सम्बोधन नगरी विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा बस्दै आएको हो ।

मुख्यमन्त्री कार्कीको अडान संविधानत प्रतिकुल रहेको ठहर पछि प्रदेश प्रमसख खापुङले उनलाइ पदमुक्त गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको लागि वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय तोक्दै दाबी पेस गर्न आव्हान गरेको हो ।  प्रदेश प्रमुखको आव्हान पछि कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने गरेको हो ।

यसैवीच प्रदेश प्रमुख पुरशुराम खापुङ्गले कोशी प्रदेशका मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाइ संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ संगै मन्त्रीपरिषद् समेत गठन गरिएको छ । नवगठित मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गर्दै संविधानको धारा १६८ को उपधारा [९] बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।  त्यस्तै प्रदेश प्रमुखको प्रस्तुत कदम विरुद्ध निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता केदार कार्कीले सर्वोच्च अदालतमा आज रिट दायर गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930