आइतवार, बैशाख २३, २०८१

कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय

बढ्दो आगलागी र डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका साथै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरताका साथ क्रियाशील हुन निर्देशन  

काठमाडौ बैशाख १३,

आज बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय निकै चुलिएको सहकारी ठगी प्रकरण समस्या समाधानको लागि तत्काल आवश्यक कानुनी व्यवस्था सहित मौजुदा समस्याको समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारी बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णयसंगै देशभर बढ्दो आगलागी र डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका साथै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरताका साथ क्रियाशील हुन निर्देशन दिएको जानकारी दिनुभयो । साथैबैठकका बाँकी निर्णय नियममित पत्रकारसम्मेलमार्फत सार्वजनिक हुने बताउनुभयो ।