आइतवार, जेष्ठ ६, २०८१

कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु

काठमाडौं वैशाख २३
बा ३ ख २०२७ नम्बरको कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस कीर्तिपुरको आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा बसमा र सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज २ बजेर ४५ मिनेटमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार यात्रुहरुमध्ये उपचारका क्रममा अपराह्न मृत्यु भएका यात्रु परिचयपत्रको आधारमा डा। गोविन्द रिजाल रहेको जानकारी दिएको छ । त्यस्तै बाँकी घाइतेहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ जनाएके छ ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की विमला श्रेष्ठ र बस चालक वर्ष २७ का रमेश लामा रहेको र चालक लामालाइ थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको जानकारी दिएको छ ।