आइतवार, जेष्ठ ६, २०८१

गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार

 सभामुख धिताललाइ कालोझन्डा

काठमाडौं बैशाख २३ ,
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताललाइ कालोझन्डा देखाइएको छ । कांग्रेस सांसदहरुले प्रदेशसभा बैठकमानै सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै सभामुख धिताललाइ कालोझन्डा देखाएको हो ।

गत चैत २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले आज आफुलाइ प्रदेशसभाको विस्वास छ भन्ने पुष्टि गर्नका लागि प्रस्तुत गरेको प्रस्तावको पक्षमा ३० मत प्रस्तावको विपक्षमा २७ मत र मत दिन्न भन्ने पक्षमा २ मत परे पनि सभामुख धितालले पक्षमा प्राप्त ३० मतमै विश्वासको मत प्राप्त भएको घोषणा गरेसंगै बैठकमा उथलपुथल भएको हो ।

स्मरण रहोस, ६० सांसद रहेको प्रदेशसभामा प्रदेशसभा बैठकमा बहुमतका लागि ३१ सीट चाहिन्छ । तर आजको बैठकमा उपस्थित रहेका ५९ जना प्रदेशसभा सदस्यहरूमध्ये सभामुखले ३० मतलाइ नै बहुमत घोषणा गर्दै मुख्यमन्त्रीले विस्वासको मत पाएको जनाउ दिएपछि काँग्रेस सासंदहरुले नारावाजी सहित विरोध गर्दै कालोझन्डा देखाएको हो ।

ज्ञात रहोस, पक्ष र विपक्षमा मत बराबरी भएको अवस्थामा बाहेक सभामुखले अन्य अवस्थामा मतदान गर्न नपाउने संवैधानिक व्यवस्थाको वर्खिलाप सभामुखले मुख्यमन्त्री अधिकारीको पक्षमा मतदान गर्दै विश्वासको मत प्राप्त भएको घोषणा गरेपछि प्रदेश सरकार विवादमा तानिएको हो ।

प्राप्त जानकारी अनुसार मुख्यमन्त्री अधिकारीलाइ एमालेका २२, माओवादीका ७ र स्वतन्त्र सांसद राजीव गुरुङको एक मतसमेत जम्मा ३० मत मात्र पाएको तर सभामुखले मतदाननै गर्न नहुने संवैधानिक प्रावधान विपरित विस्वासको मतका लागि आवश्यक ३१ मतलाइ उपेक्षा गर्दै मतदान गरेको काँग्रेस सासंदहरुको दावी सहित असंवैधानिक निर्णयलाई अस्वीकार गर्दै कानूनी उपचारको बाटोमा जाने तयारी गरेको बुझिएको छ।