आइतवार, जेष्ठ ६, २०८१

सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन

 काठमाडौं वैशाख २३

उपेन्द्र यादव नेतृत्वको सत्ता साझेदारदल जनता समाजवादी पार्टी फुटेको छ । जसपाका नेता अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नामक पार्टी दर्ताका लागि निवेदन दर्ता गराइएसंगै जसपा विधिवत रुपमा विभाजन भएको हो ।

जसपाका अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका वेला पार्टी विभाजनको निर्णय पार्टीका कावा अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतमा बसेको बैठकले अशोक राईको नेतृत्वमा ७ जना सांसद क्रमस सासंदहरु नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खान र २९ जना केन्द्रीय सदस्यले नया दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन गरेको हो ।