शनिबार, जेष्ठ ५, २०८१

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

काठमाडौं बैशाख २२ ,

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी प्रदेश सभा बैठक २३ गते दिउँसो ३ बजे डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा एमाले संसदीय दलका नेता अधिकारी   नेपालको संविधानको धारा १६८ को उपधारा [२] बमोजिम गण्डकी प्रदेशको गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।अधिकारीले  वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेको हो ।