शनिबार, बैशाख १५, २०८१

पत्रकारको साझा संस्था पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा

काठमाडौं चैत १६,
नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आज एक शुभकामना सन्देश जारी गर्दै देशैभर तथा विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ।

त्यस्तै जारी सन्देशमा महासंघ स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको जिकिर सहित आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई लषित उद्देश्य प्राप्ति तर्फ क्रियाशील हुने प्रतिवद्धता अभिव्यक्त गरिएको छ।

त्यस्तै सन्देशमा पत्रकार महासंघलाई विशुद्ध श्रमजीवी पत्रकारको साझा संस्था बनाउनका लागि महासंघको सदस्यता शुद्धीकरण अभियानलाई अगाडि बढाइएको छ भने पत्रकारिताका मुद्दामाथि बहसहरु सञ्चालन गरिएको उल्लेख गरिएको छ।

त्यस्तैगरि संवाद, दवाव र न्यायिक लडाईमार्फत श्रमजीवि पत्रकारहरुको अधिकार सुनिश्चित गर्ने दिशामा महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संंरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन लागयतका एजेन्दामा आफुलाइ समर्पित गरेको उल्लेख गरिएको छ।

यसैवीच महासंघ उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले सामाजीक सञ्जाल मार्फत नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ स्थापना दिवसको उपत्यका प्रदेश समितिको तर्फबाट सम्पूर्ण अग्रज तथा  समकक्षी   सूचनाका संवाहक  सञ्चारकर्मीहरुमा  हार्दिक  शुभकामना व्यक्त गर्नुभएकोछ।

सन्देशमा पत्रकारको हकहितका निम्ति स्थापित महासङ्घ नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेसागत मुद्धाका लागि अविछिन्न रुपमा लड्दै आज ६९ औँ वर्षमा प्रवेश गर्दैगर्दा नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउने सन्दर्भमा आसन्न केन्द्रीय महाधिवेशन मार्फत थप नितिगत निर्णय हुने अपेक्षा गर्नु किमार्थ अस्वाभाविक  मान्न नसकिने जिकिर गर्नुभएको छ।

साथै महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको मौजुदा नेतृत्व थप गम्भीर बन्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धनसंगै पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा कार्यक्रमको सञ्चालनसंगै पत्रकारको दुर्घटना र स्वास्थ्य बीमाको कार्यान्वयनको लागि हातमा हात र काँधमा काँध मिलाउन सम्वद्ध सबैमा आग्रह गर्नुभएको छ।   त्यस्तै स्थापना दिवसकै अवसरमा महासंघले केन्द्रीय मसख्यालयमा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।