शनिबार, बैशाख १५, २०८१

दुर्गा प्रसाईंको हतियार अनुमति प्रकरणको छानबिन गर्न समिति गठन

  काठमाडौं चैत १६,

गृहमन्त्रालयले चौतर्फी चर्चा परिचर्चा र टिका टिप्पणी पछि दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयमा गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति गठन गरेको हो ।  गठित समितिमा गृहमन्त्रालयका उपसचिव ऋषि पौडेल, उपसचिव एकदेव अधिकारी र नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई रहेका छन ।

त्यस्तै समितिलाइ प्रसाईंको नाममा इजाजतपत्र र नवीकरण सम्बन्धमा आवश्यक छानबिन गर्दै १५ दिनभित्रमा आफ्नो प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।  तसाथै समितिले इजाजत प्राप्त हातहतियार र खरखजानाको दुरुपयोग रोक्न अनुगमन, नियमन र नियन्त्रणसंगै व्यक्तिगत रुपमा इजाजत प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धनमा मापदण्ड समेत निर्धारण गर्ने बताइएकोछ।