आइतवार, बैशाख १६, २०८१

एक किलो ४५५ ग्राम कोकिनसहित दुई ब्राजिलियन नागरिक पक्राउ

 बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मुल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ

काठमाडौं चैत १६
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौं महानगर वडा न .१७ ठमेलबाट अवैध लागूऔषध कोकिन १ किलो ४ सय ५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस रहेका जनाउदै पक्राउ परेका अभियुक्तद्वयबाट एक किलो ४५५ ग्राम कोकिन वरामद भएके प्रहरीले जनाएको छ।

त्यस्तै अनुसन्धानको क्रममा दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ । साथै उनीहरूको पेटमा थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको हो ।

बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मुल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ  रहेको  जनाउादै   ब्यूरोले    उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप थप अनुसन्धान भइरहेको जनाएको छ ।