शनिबार, बैशाख १५, २०८१

उपकुलपति नियुक्ति प्रक्रियामै ,सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन : प्रम प्रचण्ड

काठमाडौं फागुन ८,
प्रधानमन्त्रीप्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको र सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता बताउनुभएकोछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको बताउनुभएको हो ।

त्यस्तै उहाँले सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित रहेको जनाउसंगै पत्रकारिता जगत्‌ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्ने र सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह समेत गर्दै उहाँले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगत्‌बाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।