शनिबार, बैशाख १५, २०८१

वडा नं. २ विरुद्ध ५ को शानदार जित, वडा नं. ४ र ६ वीचको खेल बराबरीमा

भक्तपुर फागुन ६ ,
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा शनिवार वडा नं. ५ ले वडा नं. २ माथि शानदार जित निकाल्दा वडा नं. ४ र ६ बीचको खेल भने १-१ गोलको बराबरी भएको छ ।  मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानो थिमिमा जारी लिगको शनिवार सम्पन्न पहिलो खेलमा वडा नं. ५ ले वडा नं. २ लाई ३–० गोलले पराजित ग¥यो । अहिलेसम्मको हाइ स्कोरर खेलमा वडा नं.५ का अरविन श्रेष्ठ र रविन कुटुले गोल गरको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा अरविनले गोल गर्दै वडा नं. ५ लाई अग्रता दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकबाट आएको बल वडा नं. २ का खेलाडीले क्लियर गर्न नसक्दा अरविनले कुनै गल्ती नगरी गोल गरेका हुन ।  रविनले खेलको ७८ औं मिनेटमा गोल गर्दै वडा नं. ५ को अग्रता दोब्बर पारे । वडा नं. ५ का कप्तान सुसन श्रेष्ठले दिएको बलमा अरविनले डि बक्सभित्रबाट गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

लगत्तै खेलको ८१ औं मिनेटमा रविनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै वडा नं.५ को जित पक्का गरे । वडा नं। २ का गोलकिपरको गल्तीमा रविनले दोस्रो गोल गरेका हुन । वडा नं. ५ का रविन कुटुले मैदानको मध्य भागबाट दिएको लामो क्रस क्लियर गर्न वडा नं. २ का गोलकिपर रमेश थापामगर अगाडि बढेको मौकामा रविनले गोलकिपरलाई बिट गर्दै आकर्षक भलीमार्फत गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैवीच दोस्रो खेलमा वडा नं. ४ र ६ ले १–१ गोलको बराबरी खेले । खेलमा वडा नं. ४ ले सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । पहिलो गोलपछि खेल थप रोमाञ्चक र प्रतिष्पर्धात्मक बन्यो । एक पछि अर्को आक्रमण गरेको वडा नं। ६ ले पेनाल्टी प्राप्त गरे । पेनाल्टीमा वडा नं। ६ का दिवस राईले कुनै गल्ती नगरी गोल गरे र खेल १-१ को बराबरीमा ल्याए ।

खेलको दोस्रो हाप थप प्रतिष्पर्धात्मक बन्यो । दुवै टोलीले एक पछि अर्को आक्रमण बुन्दै विपक्षीलाई दवाबमा राखेका थिए । यसैक्रममा वडा नं। ६ ले पुनः पेनाल्टीको अवसर पायो । वडा नं. ४ का गोलकिपर सुसन श्रेष्ठले वडा नं.६ का अनम श्रेष्ठलाई फल गरेपछि रेफ्रि अस्मिता मानन्धरले पेनाल्टी दिएका थिए । तर वडा नं. ६ का दिवस गोल गर्नबाट चुके । उनको प्रहारलाई वडा नं। ४ गोलकिपर सुसनले बाँयातर्फ डायभदिएर उत्कृष्ट बचाउ गरे र टोलीको संकट टारे ।
खेलमा वडा नं. ४ का गोलकिपर सुसनले अन्य दुई अवसरमा समेत उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।