शनिबार, बैशाख १५, २०८१

भारतका विदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्कँदै

  काठमाडौं पुस २०,

भारतका विदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्कँदै छन् । नेपाल९भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका विदेशमन्त्री जयशंकर आफ्नो दुई दिने भ्रमण पूरा गरेर आज स्वदेश फर्कँन लागेको हो ।

विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार ,समझौता अन्र्तगत नेपालबाट भारतले १० वर्षको अवधिमा १० हजार मेगावाट बिद्युत खरिदगर्ने, भारतले स्थानिय, प्रदेश र संघिय इकाइहरुको माग अनुसार साना परियोजनामा २० करोड रुपैयाँसम्म लगानीगर्न सक्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। त्यस्तै भारतले नेपाललाई जाजकोट भूकम्प पुननिर्माणका लागि १० अर्व रुपैयाँ सहयोग गर्ने घोषणा विदेशमन्त्री जयशंकरले गरेका छन् ।

  भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिनुका साथै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायत पूर्वप्रधानमन्त्रीसहित प्रमुख राजनीतिक व्यक्तित्वसँग भेटघाट गरेका छन् ।

यसैवीच् स्वदेश फर्कँनु अघि विदेशमन्त्री जयशंकरले आज विहान विहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गर्ने र त्यसपछि त्रिविस्थित केन्द्रिय पुस्तकालय र अरु केही पुनर्निर्माणका परियोजनाको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । साथै उहाँ आजै दिउँसो १२ बजे नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।