शनिबार, बैशाख १५, २०८१

मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत

  गिरिशा उपाध्याय/ नयाँ दिल्ली- माघ ८,

 भारतको अयोध्यास्थित राम मन्दिरमा प्रतिस्थापित भगवान रामको मूर्तिमा  आज एक विशेष  एवम भव्य कार्यक्रमकावीच  प्राण प्रतिष्ठा गरिए संगै यति बेला भारत राम मय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भब्य समारोहका बिच तुरही र शंख ध्वनी, मन्त्र उच्चारण र्गदैे गर्भगृहमा आरती ,अभिषेक सहित पूजाआजा गरेर रामको मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न भएको हो ।

प्राणप्रतिष्ठा पछि आयोजीत कार्यक्रममा प्रधानमन्त्री मोदीले २२ जनवरी २०२४ क्यालेन्डरमा लेखिने सामान्य तिथि नभएर यो, कालचक्रलाई बदलेको दिनका रुपमा याद गरिने बताए । उनले आजको दिनलाई हजारौं हजार वर्षसम्म पढिने र स्मरण गरिने उल्लेख गरेका छन् । उनले सयौं वर्षको प्रतिक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेन्टबाट दिव्य मन्दिरमा भगवान रामको बास भएकाले सबै हिन्दुरुमा खुसी छाएको र पूरा देशले दीपावली मनाउने बताए ।

प्रधामन्त्री मोदीले राम मन्दिरको निर्माणले आगो होइन, ऊर्जाको जन्म दिएको बताए उल्लेख र्गदै ‘राम आगो होइन, ऊर्जा हो । राम विवाद होइन, समाधन हो,’ उनले भने, ‘भारतीय संस्कृतिप्रतिको अटुट विश्वास आजको प्राणप्रतिष्ठाले देखाएको छ ।’

कलाकारहरुको उपस्थिती : 
राममन्दिर उद्घाटन समारोह भारतीय कलाकार अमिताभ बच्चन , रजनीकान्त, रामचरण,रणविरकपुर ,रोहित सेठ्ठी ,आयुशमान खुराना, विकि कौशल,नायिका हेमामालीनी,माधुरी दिक्षित , आलीया भट्ट, कगना रानावत ,केट्रीना केफ लगायतको उपस्थीती रहेको थियो ।उनीहरु भारतीय परम्परागत पहिरनमा त्यहाँ उपस्थित रहेका थिए । भने व्यापारिक घराना मुकेश अम्वानीको परिवार समेत त्यहाँ उपस्थीत थिए । उता भारतीय अभिनेता अमिताभ बच्चनले राममन्दिर उद्घाटन समारोहलाई लक्षित गरी अयोध्यामा घर समेत किनेका छन् ।

राम मन्दिरको ऐतिहासिक पृष्ठ भूमि ; के हो यसको विवाद ?
अयोध्या राममन्दिरले विभिन्न कोसे ढुङ्गा सहितको २ सय बर्षको इतिहास बोकेको छ । यो विवाद एउटा राजनीतिक ,ऐतिहासिक र सामाजिक धार्मिक विवाद हो । जसले ९० को दशकमा भारतमा उग्ररुप लिएको थियो भने यो विबाद सबैभन्दा लामो समय सम्म चलेको बिबाद पनि हो ।
पहिलो मुगल मुस्लिम सम्राट बाबर सन् १५२६ मा भारत आएको र उनको नाममा उनका सेनापति मीर बांकीले सन् १५२८ मा अयोध्यामा बाबरी मस्जिदको निर्माण गराएको इतिहासमा उल्लेख छ । हिन्दुहरूले रामको जन्मभूमि रहेको स्थानमा पुरानो मन्दिरलाई भत्काएर उक्त मस्जिदको स्थापना गरिएको मान्यता राख्दै आएका थिए र छन् । भारतमा अयोध्या राम जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो ।

के हो धर्म गुरुहरु उपस्थित नहुनुको विवाद ?
अहिले झकि झकाउ सहित टल्क टल्कीरहेको राम मन्दिरको प्राणप्रतिष्ठान कार्यक्रममा हिन्दुधर्मका सर्वाेच्व धर्मगुरु शंकराचार्यहरुभने उपस्थित भएनन । धर्मगुरुहरुले करिब ७० प्रतिशतमात्र निर्माण कार्य सम्पन्न भएको हुदा मन्दिर पुरा नगरि प्राणप्रतिष्ठा गर्न नहुने बताउदै आएका थिए । उनीहरुले गर्भ ग्रहको पुजा विधिमा सनातन धर्मको नियम अनुसार नभएकाले आप्त्ती जनाका हुन् । त्यस्तै आध्यात्मिक गुरु रविशंकरले भारतको विपक्षी दलका नेताहरु सोनिया गान्धी , राहूल गान्धी लगाएका नेताहरु समेत उपस्थित भएनन् । उनीहरुले शंकराचार्य र सनातन घर्मको ठेक्का विश्वहिन्दु परिषदले लिएको हो?  प्रतिप्रश्न समेत गरेका छन् । उनिहरुको अधिकार नभएको बताएको छ । त्यसैगरी जेडीयूले नियम विपरित भएको भन्दै आफुहरुले नियम विपरित गरेका कार्य र राजनितीक करण गरेको कार्यक्रममा आफूहरु उपस्थित नभएको बताएका छन् ।

किन भारतकालागी नयाँ राम मन्दिर यति महत्पूर्ण छ ?
अयोध्या राममन्दिर पुरातन हिन्दू मिथकको लागि पवित्र र चर्चित छ, र यसले राजनीतिक पहिचानको रूपमा हिन्दू धर्मको हालैको विजयलाई पनि प्रतिनिधित्व गर्दछ ।

सन् १९९२ मा के भयो अयोध्यामा ?
२० औं शताब्दीमा अर्थात् ६ डिसेम्बर १९९२ का दिन भारतमा तात्कालीन हिन्दुहरुको प्रतिनिधीत्व गर्ने राजनीतिक दलहरु र हिन्दुवादी कार्यकर्ता र समर्थकहरूको लाखौं भिडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचानमा आक्रमण गरेर मन्दिरलार्ई ध्वस्त पारे । तथ्यहरु हेर्दा राममन्दिर मुभमेन्टका लागी तत्कालीन समयमा १ लाख स्वयंसेवकहरु संगठित गरिएको उल्लेख छ । जब मस्जिद वरपर युवाहरुले आक्रमण गर्न सुरुगरे मस्जिद खण्डहरमा परिणत भयो । आक्रमणको दुई बर्षपछि त्यहाँ सन् १९४९ मा अस्थायीरुपमा मन्दिर स्थापना भयो । यो घट्ना संगै भारतका शहरहरूमा मानिसहरू विनाश र त्यसपछिको घातक हिंसाबाट त्रसित थिए । धेरैले दंगाहरूलाई पहिलेका हिन्दू राष्ट्रवादी, नाथुराम गोडसेसँग जोडेका थिए, जसले हिन्दुत्व विचारधाराप्रति भक्तिको कारण सन् १९४८ मा मोहनदास के. गान्धीको हत्या गरेका थिए ।

बाबरी मस्जिद

मस्जिद भत्काएपछि भारतको अदालतले विवादित भूमिलाई कानुनी निर्णयको घेरामा बाँधेर राख्यो । सन् २०१९ मा नरेन्द« मोदीले दोस्रो कार्यकालको प्रधानमन्त्रीको रूपमा विजय हासिल गरे । उनकै कार्यकालमा त्यहाँको सर्वोच्च अदालतले “मस्जिदको विनाश गैरकानूनी कार्य भएकोमा जोड दिदै र त्यसपछि सम्पूर्ण दावी राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्न अनुमति दिँदै निर्णय जारी ग¥यो । भने मुस्लिमसमूदायलाई माइल टाढाको खाली जग्गा मस्दीत निर्माणका लागी प्रस्ताव र्गदै निर्णय सुनायो । अदालतको निर्णय संगै रामन्दिर ट्रस्टले दान र सहयोगस्वरुपको रकम बाट सन् २०२० मा निर्माण  कार्य सुरु गरेको हो ।

मन्दिरको विशेषता : 
भारतिय रुपैया करिब १८०० करोड लागतमा निर्माण भइरहेको यो मन्दिर बस्तुकलाले भरिपूर्ण छ । आकर्षक तीन तलामा निर्माण गरिएको मन्दिर १ सय ६१ फिट अग्लो छ , कुल २.७ हेक्टर क्षेत्रफलमा फैलीएको मन्दिर ५७ हजार वर्गफिटमा निर्माण भएको हो । मन्दिरलाई टिकाउ र मजबुद बनाउनका लागी फलाम र स्टीलको प्रयोग नगरिएको भारतका केन्द्रीय भवन निर्माणका निर्देशक डा. प्रदिप कुमार रामंचलाले उल्लेख गरे । उनले मन्दिर निर्माणका लागी सबैभन्दा उच्च कोटीको बालुवा, ढुङ्गा , संगमरमरको प्रयोग गरिएको र यसलाई जोड्नका लागी सिमेन्ट र चुनको प्रयोग नगरि पेडाको प्रयोग गरिएको बताए । उनले मन्दीरको स्वरुप ताल्चा र चाभीको स्वरुपमा भएको उल्लेख गरे । मन्दिर २५ सय बर्ष सम्म पनि भुकम्प बाट प्रभाबित नहुने बताइएको छ ।

रामन्दिरले अयोध्यामा गरेको बिकास ;
राममन्दिर निर्माण संगै अयोध्यामा नयाँ एयरपोर्ट, रेल सेवा र प्रमुख शहरी क्षेत्रको स्तरवृद्धिहरू भएको छ । त्यहाँ घार्मिक पर्यटहरु आधुनिक पर्यटक क्षेत्रकोरुपमा चहल पहल बढेको र स्थानीयको व्यापार व्यवसायमा सहयोग पुगेको छ । भने यस क्षेत्रमा लगानीकर्ताको चहल पहलमा बृद्धिभएको छ भने यस क्षेत्रको मुहार फेरिदै छ । भारतका प्रतिस्ठित व्यापारिक टुरिष्ट ब्यबसायीघरानाहरु एलाइड डिजिटल र्सभिस्, थोमस कुक , इन्टरग्लोब एभिसन(इन्डिगो ) ले अयोध्यामा गत डिसेम्बरको तुलनामा आफ्ना बुकिङहरुमा १५० प्रतिशतले बृद्धि भएको बताएका छन् ।  भारत सरकारले जनवरी २२ लाई राष्ट्रिय आधा दिनको बिदाको रूपमा घोषणा गरेसंगै सोमबार जताततै भारतीय शहरहरुमा दिप प्रज्वलन सहित , आताशबाजीगरी ,चोक चोकमा मानिसहरु भेलाभएर राम मूर्ति स्थापनाको उत्सव मनाइरहेका छन् ।