शुक्रबार, बैशाख ७, २०८१

आमसञ्चार नीति २०७३ को केही सैद्धान्तिक विषयमा महासंघको असहमति

विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अनुरुप नेपालको प्रेस कानून निर्माण हुनुपर्नेमा जोड

काठमाडौं असोज ८, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय आमसञ्चार नीति २०७३ मा महासंघको धेरै कुराहरुमा सहमति रहेको भएता पनि 1[1]केही सैद्धान्तिक विषयहरूमा भने असहमत रहेको बताउनु भएको छ ।  महासंघको आगामी कार्यदिशाका लागि सुझाव संकलन लिने उद्देश्यले  आज आयोजित अन्र्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले राष्ट्रिय आमसञ्चार नीति २०७३ मा महासंघको धेरै कुराहरुमा सहमति रहेको भएता पनि केहि बुदाहरुमा असहमत रहेको बताउनु भएको हो ।  त्यस्तै उहाँले विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका आधारमा नेपालको प्रेस सम्बन्धी कानून निर्माण हुनुपर्ने, स्थानीय निकायमा सञ्चार जगतको अनुगमन तथा नियमन गर्न स्थानीय तहमा स्थापित स्वतन्त्र तथा स्वायत्त निकायबाट मात्रै हुनुपर्ने र राष्ट्रिय सञ्चारमाध्यमलाई प्रसारण–प्रकाशन क्षमताका आधारमा केन्द्र सरकारले इजाजत दिनुपर्ने बताउँनु भएको छ ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले सरकारले जारी गरेको नमुना एफएम रेडियो सञ्चालन कार्यविधि पत्रमा कार्यपत्र प्रस्तुत गर्दै नमुना एफएम रेडियो सञ्चालन कार्यविधिमा धेरै नै प्रेस स्वतन्त्रता संकुचन हुन सक्ने सम्भावित बुदाँहरूका बारे व्याख्या गर्नु भएको थियो । त्यस्तै महासंघका महासचिव 2[1]रमेश विष्टले स्थानीय सरकारको गठन भएसंगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौती थपिनुका साथै प्रेस स्वतन्त्रता संकुचनमा पर्ने खतरा बढेको हुँदा यस्ता खाले विषयहरुमा बहस तथा छलफल आवश्यक भएको बताउनुभएको थियो । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत वानका अध्यक्ष गोपाल झा, निवर्तमान सचिव प्रभात चलाउने, महासंघका सचिव रामप्रसाद दाहाललगायत केन्द्रीय सदस्यहरूका साथै सञ्चारकर्मीहरूले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031