शुक्रबार, चैत्र १६, २०८०

स्थापना दिवसको अवसरमा पहिलो एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता हुने

काठमाडौं फागुन २२,
नेपाल पत्रकार महासंघले २०७८ चैत १६ गते आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

महासंघले जारी गरेको विज्ञप्तिमा प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास संगै प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने उल्लेख गरिएको छ।

त्यस्तै चैतको दोस्रो साता हुने दुइदिने मिडिया कप फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा सहित प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूलाई सहभागिता जनाउन महासंघले हार्दिक अपिल गरेको छ।