शनिबार, बैशाख १५, २०८१

अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय

 काठमाडौ मंसिर १४ , मन्त्रीपरिषदको आज साँझ बसेको बैठकले  आगामी पौष २७ गते अर्थात पृथ्वी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीको बिदा कटौती गरेको थियो

त्यस्तै आवको बैठकले मकवानपुरको रातोमाटेदेखि चौकीटोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्ती पुलसम्म ३ किलोमिटर बाइपासलाई राजमार्गकोरुपमा निर्माण गर्ने निर्णय सहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्ने छुट दिँदै उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको म्याद थप गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता एवं सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनु भएको छ ।  प्रवक्ता एवं सन्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार   आजको बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।