सोमवार, बैशाख २४, २०८१

यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा

गहना खोज्ने जात्रा

 काठमाडौं बैशाख १२,

काठमाडौंको हाँडीगाउँमा आज गहना खोज्ने जात्रा मनाईएको छ । जात्राको क्रममा हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडे सँग घुम्न हिँडेकी देखेछन । यसबाट रिसाएकी भाटभटेनी राति नै फर्किएको भन्ने आख्यान पाइन्छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ।

बलि दिइएको राँगाको रगतले नुहाएका [द्यला] पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी [त्वरःअजिमाको] गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ। टुडालदेवी मन्दिरको पूजारी यद्यपी पोडे [द्यलाः] जातको रहने गरेको छ ।