मङ्लबार, बैशाख ४, २०८१

६५ वर्षीय गुरुङको शिर छेदन गरी विभत्स हत्या, टाउको बुझाउँदै प्रहरीमा आत्मसमर्पण

काठमाडौं भाद्र १९,

 जिल्ला प्रहरी कार्यालय धादिङ निलकण्ठ नगरपालिका १३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार मध्यरातमा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार परियारले ६५ वर्षीय गुरुङको शिर छेडन गर्दै छेडन गरिएको टाउको र खुर्पा बोकेर प्रहरी कार्यालयमा स्वयम उपस्थित भइ आफुले हत्या गरेको व्यक्तिाको टाउको बुझाउँदै आत्मसमर्पण गरेको जनाएको छ ।

त्यस क्रममा परियाले प्रहरी सामु आपसी विवादका क्रममा मैले मान्छे मारेर टाउको लिएर आएको छु’ भन्दै मध्यरातमा परियारले प्रहरी समक्ष आत्मसमर्पण गर्ने परियार माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।