मङ्लबार, चैत्र ६, २०८०

विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन

काठमाडौं असोज १२, समस्त नेपालीजनको महान चाड विजया दशमीको अवसरमा शुभकामना सन्देस जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले देशभित्र र देश बाहिर रहे बसेका सबै नेपाली दिदीबहिनी तथा दाजूभाइमा सूख, शान्ति र सफलताका लागि शूभकामना व्यक्त गर्नु भएको छ । पूर्वराजा शाहले जारी गर्नु भएको सन्देसमा मुलत पारस्परिक विश्वास, सम्मान , शान्त र एकता सहितको सम्वृद्धिको यात्रामा अगाडि लम्मेको मुलुक हेर्ने चाहना अझै पुरा हून नसकेकोमा हामी दु स् ख व्यक्त गर्नु भएको छ ।

त्यस्तै सन्देसमा उहाँल दूई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सून्दर नेपाल, सेतू राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हूंदैं आएको अनूभव, नेपाली जनतामा हूनू सूखद विषय नभएको बताउँनु भएको छ ।  साथै राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताको चाहना भएको जिकिर गर्दै अहिले एकातर्फ स्वाभिमान गूम्ने र सम्वृद्धि टाढिने स्थितिको सामना गर्नु परेको छ भने अर्कोतर्फ हम्रो मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित गर्दै आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भिर बन्नू परेको उल्लेख गर्नु भएको छ ।

त्यस्तै मुलुकको राज्यका सबै संयन्त्रमा भइरहेको राजनीतिकरणको असामान्य अवस्थाका कारण राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत नभएको उल्लेख गर्दै सन्देसमा किन र कसका कारणले यस्तो स्थिति सिर्जना भएको हो, त्यसको खोजिनिती हूनू आवश्यक भईसकेको र दुरगामी महत्वका राष्ट्रिय मद्धाहरुको जनमत मार्फत खोज्न हिचकिचाउनूलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पू¥याउँछ ? पहूंच नभएका नेपालीले कूनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? भन्ने अनेकन प्रश्नहरु जनमनमा रहं��ा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको अनूभुत भएको तर्फ परिलक्षित गर्दै नवदुर्गा भवानीले सबैको रक्षा गरुन् , नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरणको कामना गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031