मङ्लबार, चैत्र ६, २०८०

मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो :  पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं पुस २६,
२ सय २९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले हामीले व्यहोरेको राजनीति कति इमान्दार, राष्ट्रकेन्द्रित र जनहित अनूकुल छ वा छैन भन्ने समीक्षा गर्न ढिला भएको बताउनु भएकोछ ।

त्यस्तै उहाँले जनचाहना बमोजिम अघि बढ्नू शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य कसैबाट नछिपेको बताउदै परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्मसंस्कृति र एकता भत्काउँदै पराया इच्छा पुरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गर्न पर्नु आफैमा विडम्वना पूर्ण भएको भन्दै राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नुपर्छ भन्ने औचित्य हिजो, आज र भोलिका लागि पनि निकै महन्तवपूर्ण पक्ष भएके जिकिर गर्नुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले मुलुकको आवश्यकता अनुसार संबैधानिक राजतन्त्रको मर्यादा अनूरुप व्यवहार गरेको राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारिता देखाएको कुरा पनि स्मरण गर्दै पछिल्ले समय समयमा आफु देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता दिनानुदिन बढ्दो रहेको बताउदै वडामहाराजाधिराज पृथ्वी नाराणण शाहका दिव्यउपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महसुस गर्न आग्रह गर्नुभएको छ ।