शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका १ सय २६ सहित देशभर थप २ सय ५९ जनामा कोभिड संक्रमण

काठमाडौं पुस २६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३९९ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौं उपत्यकाका १ सय २६ सहित देशभर थप २ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

त्यस्तै यसवीचमा थप ५ सय १३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको जनाउदै आइसीयूमा १९१ र भेन्टीलेटरमा ४४ जना संक्रमितको उपचार भइरहेको जनाएको छ । साथै संक्रमणबाट थप ५ जनाको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031