मङ्लबार, चैत्र ६, २०८०

शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे

आज विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदै  

काठमाडौ असोज १४,  आज आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । त्यसो त असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।

नेपालीहरूको महान चाड बडादसैँको टीका अर्थात आजको दिन आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०सहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती चण्डी पाठ गरी नवदुर्गा र शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रूपमा टीका जमरा ग्रहण गर्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आजको दिन शक्तिस्वरूपाको टीका जमरा ग्रहणको लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको छ ।

यद्यपी टीका जमरा ग्रहणको उत्तम समय ११ बजेर ५५ मिनेटको भए पनि आफ्नो अनुकूलका समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने जनाएको छ ।  आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।