मङ्लबार, चैत्र ६, २०८०

कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह

काठमाडौं चैत्र ३० वर्ष २०७७ शुभारम्भको पूर्व सन्ध्यामामानव सभ्यताको अनपेक्षीत चुनौतिहरुको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ, नयाँ बर्ष २०७७ को आगमन भएको बताउँदै नयाँ बर्ष प्रारम्भको यस सन्दर्भमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको मंगलमय शुभकामना ब्यक्त गर्नु भएको छ ।

कोभिड -१९को विश्वब्यापि महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त छन् । यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना रहेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै उहाँले आफ्नो सदेशमा आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ विद्यमान संकटबाट मुक्ति पाउन र भविश्यमा उत्पन्न हुने अस्वभाविक चूनौतिको सामना गर्न हामी बीच एकता अपरिहार्य रहेको बताउँदै कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

यस्तो छ, पूर्वराजा शाहको सन्देशः

त्यस्तै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने भन्दै उहाँले पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै गरेको हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ । यही जगमा उभि हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको भन्दै मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्न सफलता हामी सबै नेपालीलाई नयाँ बर्षमा प्राप्त होस भन्दै  कामना गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।