मङ्लबार, चैत्र ६, २०८०

सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह

काठमाडौ फागुन ७, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराजा शाहले दिवसको पूर्व सन्ध्यामा जारी गर्नु भएको शुभकामना सन्देशमा आफ्ना जिजुबुवा प्रजातन्त्रदाता राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण जारी गनुृ भएको सन्देशमा प्रजातन्त्र केही टाठाबाटाका निमित्त र  केहीको आर्थिक स्वार्थका लागि मात्र होइन, प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनु पर्ने बताउँनु भएको छ ।

त्यस्तै प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन– त्यो जीव पद्धति र व्यवहारमा देखिनु अलावा राष्ट्रको प्रतिष्ठा प्रवर्द्धनका लागि आम जनचाहनाको परिपूर्ति गर्न सक्नु नै प्रजातन्त्रको प्राण भएको बताउँनु भएकोछ ।

त्यस्तै विज्ञप्तिमा आफू देशविदेशका भ्रमणमा जाने क्रममा प्रजातन्त्र प्रतिफलकारी हुन नसकेको पाएको उल्लेख गर्दै पूर्व राजा शाहले नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन नसेको उल्लेख गर्दै आफ्नो भौगोलिक, सामाजिक, सांस्कारिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।  त्यस्तै हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नबिर्सौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौँ’, पूर्वराजा शाहले जारी गर्नु भएको  विज्ञप्तिमा उल्लेख रहेको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31