बिहिबार, बैशाख १३, २०८१

मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह

 काठमाडौं फागुन ७,
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवशको अवसरमा जारी शुभकामना सन्देशमा राजनीतिक दलहरुलाई राजसंस्थासँग सहकार्य गर्न विलम्ब गर्न नहुने बताएका छन् । मुलुकको निरन्तर अधोगति प्रति अव चुप लागेर बस्न नसकनिे भन्दै भन्दै उनले प्रजातन्त्र जोगाइराख्न राजनीतिक दलले राजसंस्थासँग आपसी विश्वासका साथ सहकार्य गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै उहाँले सन्देशमा देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्न नहुने भन्दै राज्यसत्ताको बागडोर ज ९जसको हातमा आएपनि वर्तमान राज्यव्यवस्थाले जनताको सु स् ख , शान्ति र श्रीवृद्धिमा कुनै योगदान दिन नसकेको भन्दै नेताहरु दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा फसेको जिकिर गर्नुभएको छ ।

साथै उहाँले नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थकेन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भिर चिन्ताको विषय भएको उल्लेख गर्दै यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उल्लेख गर्नुभएकोछ ।

त्यस्तै सन्देशमा भनेका छन् ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर मुलुकको  निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं भन्दै देशभक्ति, सुशासन, आर्थिक प्रगति,सार्वभौमिक भावना र सनातन धर्मसहितको नेपाली पहिचानको सम्बर्द्धन गर्ने गराउने ध्येयलाई नै मूल्यमान्यताको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएकोछ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031