मङ्लबार, चैत्र ६, २०८०

कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग

कोरोना भाइरसको यो  महामारी सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती, यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन 

काठमाडौ चैत १८ ,पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वव्यापी कोभिड- १९ को महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको बताउँदै देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको बताउनुभएको छ। आज एक विज्ञप्ति प्रकाशित उहाँले महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेसंगै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको समेत बताउनुभएको छ ।

आज एक विज्ञप्ति प्रकाशित उहाँले कोभिड९ १९ को महामारी मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य  भएको बताउनुभएको छ ।

यस्तो छ पूर्वराजाद्दारा प्रकाशित प्रेस विज्ञप्ति :

त्यस्तै प्रकाशित विज्ञप्तिमा उहाँले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शसस्त्र प्रहरी लगायत जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने पत्रकारहरूप्रती आभार प्रकट गर्दै मसलुकको विष परिस्थितीमा सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा भै रहेको कामलाइ अझै प्रभावकारी बनाउन अनुरोध  गर्दै   पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोषमा दुई करोड रुपैयाँ सहयोग गर्नु भएको  छ ।

यस्तो छ पूर्वराजाद्दारा प्रकाशित प्रेस विज्ञप्ति :

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829