शनिबार, बैशाख ८, २०८१

लकडाउनको समयमा आकस्मिक रक्तदान मार्फत १ सय २५ पिण्ट ब्लड संकलन

  • रामचन्द्र प्रजापति

भक्तपुर चैत १८, विश्वव्यापी कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि खुल्ला रक्तदान गर्न नसकिने परिस्थितिमा पनि बिरामिलाई रगतको अभाव हुन नदिन (ब्लड डोनर्स एसोसिएसन नेपाल –ब्लोदानं )नेपाल रेडक्रस सोसाइटी , रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा आकस्मिक रक्तदानको आयोजना गरेका   छन ।

चैत्र १४ गते देखि रक्तसंचार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा शुरु भएको आकस्मिक रक्तदानकार्यक्रम अन्र्तगत किर्तिपुरमा ११ पिण्ट , चैत्र १५ गते काठमाडौं लाजिम्पाटमा ३ पिण्ट, सोह्रखुट्टेमा २२ पिण्ट गरि २५ पिण्ट , चैत्र १५ गते केन्द्रीय रक्तसंचार सेवा केन्द्र प्राविधिक सहयोगमा लगनखेलमा २२ पिण्ट सातदोबाटोमा ७ पिण्ट र पूच्वंमा १ युनिट गरि ३० पिण्ट सकलन गरिएको   छ ।

त्यस्तै चैत्र १६ गते रक्तसंचार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा कोटेश्वरं २५ पिण्ट र केन्द्रीय रक्तसंचार सेवाको प्राविधिक सहयोगमा क्रीतिपुरमा ३४ पिण्ट गरि ५९ पिण्ट रगत संकलन भएको आयोजक ब्लोदान भक्तपुरका सचिव रुकेश रंजितले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।