शनिबार, बैशाख १५, २०८१

फागुन १४ गतेको लागि घोषित स्ववियु निर्वाचन स्थगन

काठमाडौ फागुन ६, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले आगामी फागुन १४ गतेको लागि घोषित आङ्गिक क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरेको छ ।

सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार निर्वाचन कार्यतालिका समयसिमा भित्रै प्रकाशित भइसक्नुपर्नेमा प्रकाशित हुन नसकेका कारण विधार्थी संगठनको सहमतिमानै निर्वाचन स्थगन गरिएको बुझिएको छ ।

यद्यपी अर्को निर्वाचनको मिति विद्यार्थी सङ्गठनको सहमतिमा छिट्टै तय गरिने नितिगत निर्णय समेत कार्यकारी परिषदले गरेको थाह भएको छ । स्मरण रहोस प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबीचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।