शुक्रबार, चैत्र १६, २०८०

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट ३२९ कैदीको बाँकी कैद मिनाहा

काठमाडौ फागुन ६,  ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधवार अर्थात फागुन ७ गतेदेखि लागू हुने गरी नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम कैद मिनाहा गर्नुभएको हो ।

यसरी कैद मिनाह हुनेमा प्रकाश थेवेसहित ३सय २९ जना कैदी रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको    छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।