शनिबार, बैशाख ८, २०८१

वर्षगाँठको अवसरमा महासंघको अवधारणा कार्यान्वयन गर्ने प्रतिवद्धता

काठमाडौं फागुन ६ , “हाम्रो इच्छा सम्पूर्ण औषधि व्यवसायीको सुरक्षा” भन्ने  मुल मर्म सहित औषधि व्यवसायको जगतमा क्रियाशील नेपाल औषधि थोक व्यवसायी संघ तेस्रो वर्ष पूरा गरि चौथौ वर्षमा प्रवेश गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले जारी गर्नु भएको शुभकामना विज्ञप्तिमा उल्लेख  भएअनुसार मुलुको औषधि व्यवसायको क्षेत्रलाइ मर्यादित संगै सेवामुलक तथा जनउत्तरदायी बनाउँन संघको अवधारणालाइ कार्यान्वयन गरिएको जनाएको छ ।  त्यस्तै औषधि क्षेत्रमा बढ्दो अनेकन वेतिथीलाइ सम्बोधन गर्दै विगत ३ वर्षदेखि निरन्तररुपमा संस्थागत पहिचान सहित थोक तथा खुद्रा मात्र नभइ सिङगो औषधि जगतमा नयाँ आयाम सिर्जना गर्ने लक्षय अनुरुप संघले आफ्नो कार्य योजना तय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा संघ स्थापनाकाल देखि ३ वर्षको दौरानमा संघको प्रदेश न १ विराटनगर , गण्डकी प्रदेश पोखरा र अलावा प्रदेश न ५ अन्र्तगत दाङको पूर्णरुपमा प्रादेशिक समिति समेत क्रियाशील रहनुको अलाव बाँकी प्रदेशमा समेत प्रादेशिक समिति गठनको प्रक्रियागत कार्यारम्भ् भइसकेको उल्लेख गर्दै म बाट हामी र हामीबाट हाम्रो भन्ने भावले अभिप्रेरित औषधि थोक व्यवसायीले यो वा त्यो कोणबाट झेल्दै आएको यावत समस्यालाइ धेरैहदसम्म समाधान गर्न सफल भएको बताईएको छ ।

साथै संघलेऔषधि व्यवसायीको सर्व पक्षिय सुरक्षामा आफ्नो ध्यानकेन्द्रीत गर्दै विगत देखिनै अविराम क्रियशिल रहेको र औषधि व्यवसायीको रिफ्रसमेन्टका लागि तालिम, सेमिनार लगायतका अभिमुखिकरण जस्ता रचनात्मक कामबारवाही समेत सञलन गर्दै आएको जनाएको छ । त्यस्तै ७ वटै प्रदेशमा प्रादेशिक समिति गठनसंगै ७ सय ५३ स्थानीय तहमा समेत संघको संरचना कार्यान्वयनका लागि आवश्यक रणनैतिक कार्ययोजनासंगै  औषधि व्यवसायीको सर्वपक्षिय अधिकारका लागि यस क्षेत्र सरोकार राख्ने सवै संघ संस्थालाइ एकाकार गर्दै औषधि व्यवसायी महासंघ गठनको पहलकदमी समेत शुरु भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको   छ ।