शनिबार, बैशाख ८, २०८१

ललितपुरमा विहान ४ बजेदेखि बेलुका दश बजेसम्मका लागि कर्फ्यू आदेश जारी

रातो मछिन्द्रनाथको रथयात्रा भाद्र २६ सम्ममा प्रतिकात्मक रुपमा सम्पन्न गरिने

काठमाडौं भाद्र १९,

कोभिड संक्रमण संगै जारी निषेधाज्ञाका कारण ललितपुरको पुल्चोकमा अलपत्र अवस्थामा रहेको वर्ष र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आसन्न मलमास लाग्नु अधिनै अर्थात भाद्र २६ गते सम्ममा औपचारिक जात्र सम्पन्न गर्दै बुङमति पुर्‍याइने भएको छ ।

जारी निषेधाज्ञाकावीच पनि रथ जात्राको सवालमा विहिवार पुल्चोकमा स्थानीय जात्रा सम्वद्ध लगायतका युवा समुह र प्रहरीवीच भएको झडप पछि जिल्ला प्रशासन कार्यालय ललितपुमा सम्बन्धित सरोकारवालाको वीचको बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । त्यस्तै ललितपुर महानगरपालिकाका अनुसार २१ गते क्षमा पुजा गर्ने, २२ गते रथ बाट मुर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय गरेको जनाएको छ ।

विहिवार यसै विषयमा भएको झपका कारण ललितपुरमा आज विहान ४ बजेदेखि बेलुका दश बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले जारी कर्फ्यू आदेश मुलत उच्छृङ्खल समूह र व्यक्तिहरूले कठिन परिस्थितिको नाजायज फाइदा उठाइ धार्मीक, सांस्कृतिक विश्वासमा खलल पुर्‍याइ शान्ति सुरक्षा भङ्ग गर्नेगरी गैरकानुनी हर्कत सहितका गतिविधी गरेसंगै जिल्लाको स्थितीलाइ सामान्य बनाइराख्न जारी गर्नु परेको जनाएकोछ । साथै जारी आदेश ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा लागू हुने जनाउदै कर्फ्यू तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुस निकाल्न निषेध गरिएको छ । तोकिएको क्षेत्रमा कर्फ्युको समयमा घरबाट बाहिर निस्किएमा सुरक्षा अधिकारीले गोली समेत हान्न सक्ने आदेश दिईएको  छ ।

बिहानैदेखि लगाइएको कर्फ्युका कारण आज ललितपुरको शहरी क्षेत्र सुनासान छ । सुरक्षाकर्मीका र अत्याश्यक सवारी साधनहरु चले पनि अन्य सवारी चलेका छैनन् । बजारहरु पूर्णरुपमा बन्द गरिएको छ । अवस्था हेरेर प्रहरीले गोलीसम्म चलाउन सक्ने भएकाले पनि आजको कर्फ्यु अरु बेलाको भन्दा कडा भएको प्रहरीले बताएको छ ।

बिहीवार प्रहरी र प्रदर्शनकारी विचको झडप र प्रहरीमाथि आक्रमण गर्ने ९ जना क्रमस लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य, ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन, ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन, ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य,ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य, महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य, ऐ इमाडोल को ध्रुवराज बज्राचार्य,बर्ष ४७, भक्तपुर ठिमी९८, बर्ष ३२ को श्याम श्रेष्ठ र का जि कामनपा वडा १६ बस्ने बर्ष ४० को यादवलाल कायस्थलाइ पक्राउ गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।