सोमवार, जेष्ठ ७, २०८१

बालमन्दिरको २९ रोपनी ४ आना जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

 काठमाडौं बैशाख २७,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नक्सालस्थित बालमन्दिरको २९ रोपनी ४ आना जग्गा प्रकरणमा प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। सीआईबीले २० जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ ।  वृहस्पति विद्या सदन र राय स्कुल सञ्चालन भइरहेको उक्त जग्गा पहिलो भाडा सम्झौता सकिनु १७ वर्ष अघि नै पूरक सम्झौता गरेर ठगी गरेको आरोपमा मुद्दा दायर भएको सीआईबीले जनाएको छ ।

बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न मंगलबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएसंगै सीआईबीले आवश्यक अनुसन्धानका लागि बालमन्दिरको जग्गा प्रकरण सम्वद्ध २० जनाविरुद्ध पक्राउ अनुमति लिदै अनुसन्धानको कार्यारमभ गरेका े हो ।

सीआईबीस्रोतका अनुसार पक्राउ पुर्जी जारी भएकामा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह, तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपमहासचिव सुमन शाक्य, तत्कालीन सदस्य एवम् स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, श्याम कुमार आले छन् ।

यस्तै, सुवास कुमार पोखरेल,मनोहर गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, राम काजी कोने, तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही,दीपकदास श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै , बृहस्पति विद्यालय व्यवस्थापन प्रा। लि ९बृहस्पति विद्यासदन० का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, सञ्चालक प्रविणराज जोशी, तत्कालीन सञ्चालक मुरारी निधि तिवारी, अध्यक्ष पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, सञ्चालक अभिनव सिंघानिया, सञ्चालक सिद्धार्थ केडिया, सञ्चालक कीर्तिप्रसाद पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा भएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930