सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

 काठमाडौं वैशाख २७,

कोशीमा नयाँ सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता केदार कार्कीले सर्वोच्च अदालतमा आज रिट दायर गरेका छन् ।

कार्कीले दायर गरेको संविधानको धारा १६८ [५] अन्तर्गत निर्मित सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने व्यवस्था संविधानले पनि परिकल्पना नगरेकोमा सङ्कल्प प्रस्तावको आधारमा विश्वासको मत नलिएको भन्ने आधार देखाई नयाँ मुख्यमन्त्रीको नियुक्तिको निमित्त दाबी पेश गर्न मिति २०८१।०१।२६ मा प्रदेश प्रमुखले गरेको आव्हान, निर्णय, पत्राचार एवं सूचना उत्प्रेषणको आदेशले बदर गर्न माग संगै रिटमा सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदर गर्न अन्तरिम आदेश र मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् ।

 त्यस्तै रिटमा सरकारको निर्माण र अन्त्यको नियमन गर्ने संवैधानिक व्यवस्थालाई निष्प्रभावी बनाउने उद्देश्यको साथ मिति २०८१।०१।०७ मा पारित भएको भनिएको सङ्कल्प प्रस्ताव समेत उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।

स्मरण रहोस कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ बुधबार राति नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । एमाले र माओवादी गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गर्नुका साथै आज उनलाई मुख्यमन्त्रीमा समेत नियुक्त गरिसकिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930