सोमवार, जेष्ठ ७, २०८१

मन्त्रिपरिषद् बैठक:सरकारको नीति तथा कार्यक्रम जेठ १ मा

 काठमाडौं बैशाख २७,

 आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्ने निर्णय गरेको छ। संविधानत सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था रहेको छ ।

त्यस्तै बैठकले नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले  अन्तराष्ट्रियस्तरको क्रिकेट कराते तेक्वाण्डो र कवड्डी प्रतियोगीतामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी   दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930