शनिबार, बैशाख २९, २०८१

ओली सरकारको नीति तथा कार्यक्रम वैशाख २० मा

काठमाडौ बैशाख १६,   प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आगामी आर्थिक २०७६/७७ को नीति तथा कार्यक्रम   वैशाख २० गते सङ्घीय संसद्मा  पेश गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभएको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित गरिने सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।